Breaking News

गौतमबुद्ध क्रिकेट रंगशालालाई अलपत्र पर्न दिन्नौंः खेलकुद मन्त्री गहतराज

Banner

चितवन, माघ १३–

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अलपत्र पर्न नदिने बताएका छन् ।

रंगशाला निरीक्षण पश्चात भरतपुर महानगरपालिकाले आज (बिहीबार) दिउँसो गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कुनै पति हालतमा रंगशालालाई अलपत्र पर्न नदिने र सरकारले बनाई छाड्ने प्रतिवद्धता जनाए । ‘रंगशालाका धेरै संरचनाहरु निर्माण भइसकेका छन्, स्थानीय सरकार, जनताको पसिना रंगशालामा परिसकेको छ, हामी अलपत्र पर्न दिन्नौं’–मन्त्री गहतराजले भने ।

मन्त्री गहतराजले रंगशाला बन्नुपर्छ भन्ने चासो र दायित्वले नै सिंगो खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टिम चितवन आएको भन्दै यसको निर्माणमा सरकार अग्रसर रहेको बताए । उनले राष्ट्रिय सहमति बनेको परियोजनाको रुपमा गौतमबुद्ध क्रिकेट रंगशाला रहेको भन्दै यस्तो सहमति बिरलै जुट्ने गरेकोमा धुर्मुस सुन्तली फाउण्डेशनलाई धन्यवाद दिए ।

‘यो सकरात्मक सोँचका साथै थालिएको काम थियो, कसैले गलत नियतले काम थालेको थियो भन्ने ठाउँ नै छैन, तर परिस्थितिले गर्न सकिएन त अब के गर्ने ? एउटा सन्तान जन्मि सक्या छ, यसलाई अलपत्र पार्ने कुरा हुँदैन’–मन्त्री गहतराजले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>