Breaking News

खर्च जोगाउन तीनै तहको चुनाव एकै पटक गर्नुपर्छः माधवकुमार नेपाल

Banner

काठमाडौं,माघ १२-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले खर्च जोगाउनका लागि भए पनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् ।

एकै पटक निर्वाचन गरे उम्मेदवारको पनि खर्च कम हुने उनले बताए । संविधानलाई सर्वोपरि राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफूहरूको जोड रहेको अध्यक्ष नेपालले दाबी गरे ।

उनले राष्ट्रियसभा निर्वाचनमा सबै सिट गठबन्धन दलले जित्ने दाबी पनि गरे । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरङ्ग पैदा गर्ने अध्यक्ष नेपालले टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>