Breaking News

राष्ट्रिय सभा निर्वाचन : सिके राउतका कार्यकर्ताद्वारा गाडी तोडफोड, मेयर प्रसाईं घाइते

Banner

जनकपुर, माघ १२-

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी तोडफोड गरेका छन् ।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै गरेको सो गााडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए ।

त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट गाडीमा सवार मेयर गणेश प्रसाईं घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>