समाचार

आजको राशिफल र पात्रोः वृश्चिकलाई व्यापारबाट फाइदा हुने, धनुमा सकारात्मक उर्जा भरिने

Banner

काठमाडौं, माघ १२-

१२ माघ २०७८ बुधबार । तदनुसार जनवरी २६ तारिक २०२२ । माघकृष्णपक्ष नवमी तिथि, तैतलि करण, स्वाती नक्षत्र, शूल योग, चन्द्रमा तुला राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः५५ मा हुनेछ भने सूर्यास्त १७ः३८ मा हुनेछ । आज १२ः३७ देखि १ः३८ सम्म राहुकाल रहेको छ । ११ः५५ देखि १२ः३८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । बुधबारका दिन घर गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुनेछ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ मानिन्छ ।

मेष

तपाईंलाई आज मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नु शुभ हुनेछ ।

मिथुन

मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट

नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईंलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ । आजको दिन कसैसँग पनि मनोभाव हुने कुरा नगर्नुहोला ।

सिंह

मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।

कन्या

व्यापारको कामबाट तपाईंलाई लाभ हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला

व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हटेर जानेछ । आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालयको नामस्मरण गर्नुहोला र चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईंले सोच अनुसारको काम हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर कामको शुरुवात गर्नुहोला ।

वृश्चिक

व्यापारबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु

मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर

आजको दिन भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा नाम स्मरणले मात्र मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईंलाई फाइदा पुग्नेछ ।

कुम्भ

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईंको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । घरव्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>