Breaking News
चितवनमा भयाबह बन्दै कोरोनाः आज ३२६ संक्रमित थपिए, परीक्षणमा ३७ प्रतिशत बढीलाई कोरोना

चितवन, माघ ११–
चितवमा केही दिन यता तीब्ररुपमा कोरोना भाइरस संक्रमण बढिरहेकोले कोरोना भयाबह बन्दै गइरहेको छ ।
यसै क्रममा पछिल्लो २४ घण्टामा ३२६ जनामा संक्रमण पुष्टी भएको छ । ६६६ जनाको पीसीआर र २१० जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । जुन परीक्षणको नतिजा हेर्दा परीक्षण गरेका मानिसहरुको संख्याको ३७ प्रतिशत बढी हुन आउँछ । यसले कोरोना संक्रमण निकै भयाबह बन्दै गएको तर्फ संकेत गर्छ । अधिकांश मानिसहरु कोरोनाको जस्तै लक्षण देखिए पनि अहिलेसम्म परीक्षण गर्न गएका छैनन् ।
यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या तीन हजार ६१९ पुगेको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा ४० जना कोरोना संक्रमित उपचाररत छन् । तीन हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाका कारण चितवनका कसैको पनि आज ज्यान गएको छैन् । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३८ रहेको छ । आज संक्रमित थपिएसँगै जिल्लामा कोरोना पोजेटिभ देखिनेको संख्या ३१ हजार १४८ रहेको छ ।
























