राजनीति
चीनमा उपचार गरेर फर्किएका नेता पुन प्रचण्डलाई भेट्न खुमलटार
०

काठमाडौं,माघ ११।
थाइल्याण्ड र चीनको करिब चार महिना लामो उपचारपछि नेपाल फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । श्रीमती ओनसरी घर्तीसहित प्रचण्ड निवास खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनको परिवारले समेत स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको थियो ।
पुन सोमबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर स्वेदश फर्किएका थिए। बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो।
चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























