Breaking News

नेपालमा थपिए १० हजार ३१९ नयाँ संक्रमित, चार जनाको मृत्यु

Banner

काठमाडौं, माघ १०-

नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ३१९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पिसिआर आठ हजार ५४ र एन्टिजेन परीक्षण ४५ सय ४७ जनामा गर्दा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा २५ सय ४० जना संक्रमणमुक्त र चारजनाको मृत्यु भएको छ । मन्त्रालयलका अनुसार यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>