Breaking News
प्रधानमन्त्री देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड: शंकर पोखरेल
०

काठमाडौं, माघ १०-
एमाले महासचिव शंकर पोखरेलले सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मोहरा बनाएको पनि बताएका छन् ।
महासचिव पोखरेलले २०५९ सालको जस्तैगरी देउवाले चुनाव टार्न खोजेको आरोप लगाएका छन् । पार्टीमा विवाद बढेपछि देउवाले २०५९ सालमा संसद् भंग गरे र संकटकाल लगाएका थिए ।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५९ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्, ‘हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























