खेलकुद

आहा रारा गोल्डकपः मनाङ मस्र्याङदी सेमीफाइनमा

Banner

पोखरा, माघ ९–

२० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज (आइतबार) भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले समान एकएक गोल गरे । आजको खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

यसअघि मनाङले ६ पटक उपाधि जितिसकेको छ। अब मनाङ र्मस्याङदीले अन्तिम चारमा एपीएपफसँग प्रतिष्पर्धा गर्ने भएको छ । भोली मछिन्द्र र डिफेन्डीङ च्याम्पियन संकटा भिड्ने भएका छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>