Breaking News

चितवनमा ३ लाख ४७ हजार जनाले लगाए कोरोनाको पूर्ण खोप

Banner

– पूजा ढकाल
चितवन, माघ ९ –
छिमेकी राष्ट्र चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा २०७६ पुस १७ गते प्रवेश गरेको थियोे ।
उक्त समयदेखि हालसम्म नेपालमा लाखौं मानिस संक्रमित भएका छन् भने कैयौंले संक्रमणबाट ज्यान समेत गुमाएका छन् ।

त्यस्तै सरकारले महामारीको रुपमा फैलिएको कोरोेना संक्रमणबाट बच्न सञ्चालन गरेको खोप अभियानमा चितवनका हजारौं मानिसले कोरोना भाइरसविरुद्व खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार २०७७ माघ १४ गतेदेखि जिल्लामा कोरोना भाइरस विरुद्वको खोप अभियान सुरु भएको हो । माघ १४ गते भरतपुर अस्पताल, बगौडा अस्पताल माडी र बकुल्लहर अस्पताल रतन्नगर गरी तीन अस्पतालबाट खोप अभियान सुरु भएको थियो । स्वास्थ्यर्मी, पत्रकार लगायतका फ्रन्ट लाइनरबाट सुरु गरिएको अभियान फागुन अन्तिमदेखि जिल्लाका विभिन्न ५ वडाका ७५–८० सेन्टरबाट खोप दिइएको थियो ।

अधिकृत ढकालका अनुसार विगत एक वर्षमा चितवनमा कोभिडसिल्ड/एष्ट्रानजेनिका गरी ८७ हजार ६४५, भेरेसेल २ लाख ७ हजार ५९० र फाइजर बायोएनटेक १ हजार ७५७ गरी जम्मा ३ लाख ४७ हजार ३७४ ले पूर्ण खोप लगाएका छन् ।

त्यस्तै चितवनमा कोभिडसिल्ड ५० हाजर ५८२, भेरेसेल २ लाख ५८ हजार २९८, एष्ट्रानजेनिका ५२ हजार ३१४ जना र फाइजर बायोएनटेक १ हजार ८६७ गरी चितवनमा हालसम्म ४ लाख १२ हजार ४३३ ले पहिलो मात्र खोप लगाएका छन् ।

कोरोना नियन्त्रण गर्न तथा कारोनाबाट हुने उच्च जटिलताबाट बँच्न सुरु भएको उक्त खोप अभियानमा ४९ हजार ३७२ जनाले अमेरीकामा बनेको जान्सनको एक मात्रा खोप लगाएका छन् ।

पुनः सुरु भएको बुस्टर डोज खोप अभियानमा ८ हजार २२८ जनाले कोभिडसिल्ड खोप लगाएको ढकालले बताइन् । विगत एक वर्षदेखि जिल्लामा सुरु भएको उक्त खोप अभियानमा लगभग चितवनका सम्पूर्ण जनताले खोप लगाएका छन् भने बाहिरी

जिल्लाका नागरिकहरु पनि यँहा खोप लगाउन आउने गरेको ढकालको भनाइ छ । कोरोना भाइरस विरुद्वको खोप जिल्लामा विभिन्न स्वास्थ्य केन्द्रहरुमार्फत सर्वसाधारणलाई लगाउने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>