चितवन विशेष

चितवनका गायक प्रकाश चौधरीको दोस्रो थारु गीत ‘हेरिरहुँ’

Banner

चितवन, माघ ७–

चितवनका युवा गायक प्रकाश चौधरीले दोस्रो थारु गीत लिएर बजारमा आएका छन् । गत कात्तिकमा ‘लगसिहे..’ बोलको पहिलो थारु गीत बजारमा ल्याएका प्रकाशले दुई महिनापश्चात ‘हेरिरहुँ’ बोलको गीत बजारमा ल्याएका हुन् ।

यस गीत एनडी स्टुडियोको युट्युव च्यानलबाट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने शुक्रबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो क्रममा गायक तथा मोडल चौधरीले यस गीतलाई आमदर्शक/श्रोताले मन पराउनेमा विश्वास लिएका छन् । उनले धेरै मेहनतका साथ दोस्रो गीत बजारमा ल्याएको भन्दै सकरात्मक प्रतिक्रियाको अपेक्षा गरे । ‘दुई महिनाको अवधिमा दोस्रो गीत ल्याएको छु, गीतलाई राम्रो बनाउने प्रयास गरेको छु’–गायक चौधरीले भने ।

उनले थारु भाषा, कलासंँस्कृति संरक्षणका लागि गीत बजारमा ल्याएको बताए । ‘आफ्नो भाषा र कलासँस्कृतिलाई गीत मार्फत संरक्षण र उजागर गरौं भनेर गीत बनाएको हुँ, पैसा कमाउनका लागि यत्रो मेहनत गरिएको होइन’–गायक चौधरीले भने ।

दोस्रो गीतमा चौधरीलाई थारु गीतसंगीतकी चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छन् । यस गीतको शब्द संगीत र स्वर उत्तिकै दमदार छ भने भिडियो समेत उत्कृष्ट बनेको छ । गीतको शब्द र संगीत चौधरीकै रहेको छ भने कुमार सिन्जाली मगरले अरेन्ज गरेका छन् । भिडियोमा गायक प्रकाशसंगै मोडेल रितु चौधरीको अभिनय रहेको छ । भिडियोमा यी दुईको जोडी मिलेको देखिन्छ । भिडियोलाई किशोर चौधरीले निर्देशन तथा सम्पादन गरेका हुन् भने निरज महतोले छायाँकन गरेका छन् ।

यस भिडियो चितवनको मेघौली, सानोगढी, सलौली, जिरौनालगायत स्थानमा छायाँकन गरिएको प्रोडक्सन म्यानेजर जितेन्द्र चौधरीले जानकारी दिए । यस गीतको पोष्टप्रोडक्सन भने भिजन फिल्मस् स्टुडियोले गरेको छ ।

प्रकाश चौधरीको यस्तो छ पहिलो गीतः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>