स्वास्थ्य

आजदेखि खोप कार्ड नभए सार्वजनिक ठाउँमा जान नपाइने

Banner

चितवन,माघ ७-

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

खोप केन्द्र नथपिँदा केन्द्र नै सङ्क्रमणस्थल जस्तो बन्न थालेकाले टोलटोलमा खोप पुर्याउनुपर्ने विज्ञहरुको भनाइ छ । खोप कार्ड अनिवार्य गर्नुअघि घरदैलो तथा टोलटोलमा खोप पुर्याउन आवश्यक रहेको जनस्वास्थ्यव्दि डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।

कुल जनसङ्ख्याको आधाभन्दा धेरैले पूर्ण खोप नलगाउँदासम्म यो नियम अव्यावहारिक हुने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>