देश/प्रदेश

राष्ट्रियसभा निर्वाचनः मधेस प्रदेशमा एमाले र लोसपाबीच सहमति

Banner

काठमाडौँ, माघ ६–

नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

एमालेका मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपाका प्रदेश समिति अध्यक्ष जीतेन्द्र सोनलबीच आज उक्त सहमतिपत्रमा हस्ताक्षर भएको उहाँहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारीलाई सूर्य चिह्नमा र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादवलाई साइकल चिह्नमा मतदान गर्ने सहमति भएको छ । मधेस प्रदेशका जनताको चाहना र भावनालाई ध्यानमा राखि एमाले र लोसपाबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>