Breaking News

चितवनका अस्पतालमा कोरोनाका बिरामी तीन गुनाले बढे, आईसीयूमा १६ सहित ५७ जनाको उपचार हुँदै

Banner

मधुसूदन दवाडी

चितवन, माघ ६

चितवनमा हरेक दिन कोरोना संक्रमण दर बढेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि बढ्दै गएको छ ।

बिगत एक हप्ताको तथ्यांक हेर्दा कोरोनाका बिरामी अस्पतालहरुमा तीन गुनाले बढेका छन् । गत पुस २९ गते बिहीबार चितवनका विभिन्न अस्पतालहरुमा जम्मा १७ जना कोरोनाका बिरामीहरु उपचारको लागि भर्ना भएका थिए तर आज यो तीन गुना बढी वृद्धि भएर ५७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका विभिन्न अस्पतालको आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना र एचडीयूमा ४१ जनाको उपचार भइरहेको छ । जसमध्ये भरतपुर अस्पतालको आईसीयूमा ९ जना, चितवन मेडिकल कलेजको आईसीयूमा एक जना र पुरानो मेडिकल कलेजको आईसीयूमा ६ जना रहेका छन् ।

जुन संख्या एक हप्ता अगाडि गत बिहीबार धेरै कम थियो । गत बिहीबार चितवनका विभिन्न अस्पतालहरुको आईसीयूमा २ जना र एचडीयूमा १५ जना बिरामी मात्र रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>