चितवन विशेष

एकीकृत समाजवादी राप्ती नगर कमिटीको अध्यक्षमा शमशेर लामा

Banner

चितवन, माघ ६-

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राप्ती नगर कमिटीको अध्यक्षमा शमशेर लामा चयन भएका छन् ।

आज भएको घोषणा कार्यक्रममा लामाको अध्यक्षतामा १०१ सदस्यीय नगरकमिटी घोषणा गरिएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा कुवेरसिंह लामा, उपाध्यक्षमा टेकप्रसाद कँडेल, सचिवमा रामकुमार पण्डित र उपसचिवहरुमा दिपेन्द्र सिंह गोले, प्रेमबहादुर गुरुङ, सुरेन्द्र चौधरी, अमृता पुलामी र तेजबहादुर लोप्चन रहेका छन् ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको सहभागितामा सञ्चालन भएको उक्त कार्यक्रममा चितवन पार्टी अध्यक्ष कृष्ण पन्त, फणिन्द्र राज पाठक, बालकृष्ण लोहनी, केपी लामिछाने, हेमन्त कँडेलसहितको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>