Breaking News
दुई जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनको सेवा बन्द
०

चितवन, माघ ६-
जिल्ला प्रशासन कार्यालय चितवनले भोलि शुक्रबारदेखि शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने जनाएको छ ।
प्रशासनले आज सेवा स्थगनको सूचना जारी गर्दै कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको भन्दै भोलि शुक्रबारदेखि माघ १४ गते सम्मलाई कार्यालयको अन्य सेवा बन्द गरिएको जनाएको हो ।
कार्यालयले विहीबार सूचना जारी गरी अत्याबश्यक सेवा लिन आउने सेवाग्राहीले अनिवार्य स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी साथमा खोप कार्डसमेत लिएर आउनु आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका एक सुब्बा र एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ भने अन्य कर्मचारीहरु पनि आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























