देश/प्रदेश

रुपन्देही क्रिकेट संघको अध्यक्षमा थापा, शक्ति गौचन पराजित

Banner

रुपन्देही, माघ ५–

रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । आज (बिहीबार) भैरहवामा भएको संघको चौथो अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष थापाले ६४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी सफल क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा धीरज अधिकारी क्षेत्री निर्वाचित भएका छन् । उनले ६० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राजु खड्काले ४४ मत मात्रै प्राप्त गरे । यस्तै सचिवमा ६५ मतसहित सञ्जय गुरुङ निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी दिपक शर्मा भुर्तेलले ३९ मत प्राप्त गरे । भुर्तेल युवा व्याटर कुशल भुर्तेलका बुवा हुन् । त्यस्तै कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन् ।

यस्तै संघको सदस्यहरुमा महिलातर्फ उमा अधिकारी निर्विरोध निर्वाचत भईन् । अन्य सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>