Breaking News

चितवनमा आज एकै दिन ३७३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १४ सय नाघ्यो

Banner

चितवन, माघ ५-

चितवनमा विगत २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ३२७ जना, खैरहनी नगरपालिकामा २३ जना, माडी नगरपालिकामा तीन जना, रत्ननगर नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा तीन जना, कालिकामा चार जना र इच्छाकामनामा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार चार सय ८९ पुगेको छ जसमध्ये घरमा आइसोलेसनमा एक हजार चार सय ४३ जना र अस्पतालको आइसोलेसनमा ४६ जना रहेका छन् । त्यसैगरी स्वास्थ्य कार्यालयले आज उपलब्ध गराएको तथ्यांक अनुसार कोरोनाका ५३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये आईसीयूमा १५ जना र एचडीयूमा ३८ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>