Breaking News

सिटामोल छैन भन्दै गोदामा लुकाउने फर्मेसीलाई विभागद्वारा १० हजार जरिवाना

Banner

काठमाडौँ, माघ ५-

ग्राहकलाई सिटामोल छैन भन्दै गोदामा लुकाउने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना लागेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा ग्राहकलाई सिटामोल छैन भन्दै गोदामा सिटामोल लुकाएको भेटेपछि फार्मेसीलाई १० हजार जरिवाना तोकिएको हो ।

विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलका अनुसार ‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च हुँदा फार्मेसीले ग्राहक छैन भन्दै फर्काउने ‘तर, सिटामोल गोदाममा लुकाएको भेटियो ।’

त्यस्तै यस्तो मौकामा लुकाउने गरेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्र पारिएको पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>