चितवन विशेष

कोरोना संक्रमणका बाबजुद चितवन स्वास्थ्य प्रमुख तिवारी काममा फर्किए

Banner

प्रतिमा कुमाल

चितवन, माघ ५

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका बाबजुद स्वाथ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारी काममा फर्किएका छन् ।
उनलाई गत बुधबार पुस २९ गते संक्रमण पुष्टी भएको हो ।

संक्रमित स्वाथ्यकर्मचारीलाई पाँचदेखि एक हप्ताको बिदा दिइएको छ । सोहीअनुसार ८ दिनको दिनमा काममा आएको तिवारीले नारायणी अनलाइनलाई बताए ।

काम गर्न भने गारो भएको उनको भनाइ छ । उनले भने, ‘शरीर दुखेको छ । कमजोर महसुस भएको छ । केही गर्न जागर लागेको छैन ।’ बिरामीले अझै एक हप्ता आराम गरेर बस्न मन लागेको उनको भनाइ छ ।

तिवारीले होम आइसोलेसनमा एक हप्ता बस्दा पनि पूर्ण आराम गर्न नपाएको जीकिर गरे । व्यवस्थापनलगायत अन्य कामहरु फोन कलको माध्यमबाट गरेको बताए । कमजोर र आलस्य जस्ता लक्ष्यण देखिए पनि स्वाद, गन्ध नहराएको उनको भनाइ छ । खाना पनि मजाले रुचेको बताए । तर, संक्रमणको सुरुवाती दिनहरुमा राती कहिले जाडो त कहिले गर्मी जस्ता लक्षण देखापरेको उनले जानकारी दिए । गत पुसमा काठमाडौँमा भएको स्वास्थ्य सम्बन्धी बैठकमा सहभागी भएका तिवारीलाई त्यहीबाट संक्रमण भएको आशंका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>