Breaking News

चितवनमा जाडो बढ्यो, हुस्सु र कुहिरोले तापक्रम १० डिग्रीमा झर्‍यो 

Banner

चितवन, माघ ५-

पश्चिमी वायुको सामान्य प्रभावले चितवनमा बिहान हुस्सु–कुहिरो लाग्नुका साथै तापक्रम घटेर १० डिग्री सेन्टिग्रेड पुगेको छ ।

अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भरतपुर विमानस्थलका अनुसार विगत तीन दिनदेखि चितवनको न्यूनतम तापक्रम १० डिग्री सेन्टिग्रेडको हाहाहारीमा रहेको छ । आज बिहानको चितवनको न्यूनतम तापक्रम १० डिग्री सेन्टिग्रेड थियो भने सोमबारको न्यूनतम तापक्रम ८ डिग्री सेन्टिग्रेड र मंगलबारको न्यूनतम तापक्रम ९ डिग्री सेन्टिग्रेड रहेको थियो । आज दिउँसको अधिकतम् तापक्रम १३ डिग्री सेन्टिग्रेड रहेको विमानस्थलले नारायणी अनलाइनलाई जानकारी दिएको छ । भरतपुरबाट हुने बिमान उडानको तालिका केही पछाडि सरेको विमानस्थल स्रोतले जनाएको छ । पहिले बिहान सात बजे नै खुल्ने विमानस्थल आजभोलि चिसो बढ्दा बिहान ११ बजेमात्र खुल्ने गरेको छ । कुहिरो र हुस्सु हेटपछि मात्र विमान उड्ने गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ । महाशाखाका अनुसार आज मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै भोलि बिहीबार भने देशभरको मौसम बदली रहनेछ । हरेक प्रदेशका थोरै–थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>