Breaking News

पछिल्लो ४ दिनमा सुदूरपश्चिममा थपिए १३०० कोरोना संक्रमित

Banner

डोटी, माघ ५-

सुदूरपश्चिममा गएको चार दिनमा एक हजार तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट शनिबार ८३, आइतबार ९७, सोमबार ४२७ र मंगलवार ५९८ गरी एक हजार तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कार्यालयका अनुसार तीन दिनमा कुल पाँच हजार सात सय १७ जनाले कोरोना परीक्षण गराएको थिए भने सो अवधीमा दुई कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>