देश/प्रदेश

संक्रमण बढेसँगै पुनः सञ्चालनमा उदयपुरको कोभिड अस्पताल

Banner

उदयपुर, माघ ५-

चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो ।

कोभिड–१९ का बिरामी नभएपछि गत मङ्सिर १७ गतेदेखि सातधारे अस्पताल बन्द भएको थियो । हाल कोभिडबाट सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै जान थालेपछि उक्त अस्पताललाई पुनः सञ्चालनमा ल्याइएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो ।

हाल उक्त कोभिड अस्पतालमा सात सङ्क्रमितलाई राखेर उपचार भइरहेको कोभिड अस्पताल बेल्टारका प्रमुख तेजबहादुर पोखरेलले बताउनुभयो । माघ २ गतेदेखि उक्त कोभिड अस्पताल पुनः सञ्चालन गरिएको र कोभिड सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम दैनिक वृृद्धि हुँदै गएको पोखेरलले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>