Breaking News

माघ १५ गतेपछि चार दिन विद्यालय खोल्ने निर्णय

Banner

काठमाडौँ, माघ ४–

सरकारले माघ १५ गतेपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।

खोप अभियान चलाउनका लागि भन्दै माघ १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले जानकारी दिएका छन् । कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ ।

सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा कोइरालाले यसबारे जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>