खेलकुद

अन्तिम खेलमा पराजित हुँदै यात्रा चितवन जिल्ला लिगबाट बाहिरियो

Banner

चितवन, माघ ४–

समूह चरणको अन्तिम खेलमा पराजित हुँदै बगान यात्रा ग्रुप सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको समूह चरणबाटै बाहिरिएको छ ।

आज (मंगलबार) भएको दोस्रो खेलमा समूह ‘बी’ बाट रेलिगेसनमा परेको एस्ट्रल युथ सोसाइटीसँग पराजित हुँदै यात्रा बाहिरिएको हो । सेमिफाइनल सम्भावना जिवितै राख्न जित्नै पर्ने खेलमा यात्रा ३–० ले पराजित भयो ।

यात्राको हारको फाईदा शिर्ष दुई टोली सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनी र रामपुर फुटबल क्लब रड्सलाई पुगेको छ । यी दुई टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

आजको खेलमा एस्ट्रललाई जिताउन राहुल दुरा, सुबिन दुरा र पर्वत श्रेष्ठले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको तिनै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५१ औं मिनेटमा राहुलले गोल गर्दै एस्ट्रललाई अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा पर्वतले गोल गर्दै एस्ट्रलको अग्रता दोब्बर बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा सुबिनले गोल गरेपछि एस्ट्रल ३–० ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एस्ट्रलका देव दुरा चुनिए ।

लिगमा एस्ट्रलको यो एक मात्र जित हो । रेलिगेसनमा पर्दै समूह चरणबाट बाहिरिएको एस्ट्रल यस अघिका चारै खेलमा पराजित भएको थियो । आजको जितपछि समूहको पुछारमा रहँदै यसअघि नै बाहिरिसकेको एस्ट्रलको पाँच खेलबाट ३ अंक भएको छ । यात्राले ७ अंकका साथ चौथो स्थानमा रहँदै लिग टुङ्गाएको छ ।

यता हर्दीले समूह ‘बी’ को तेस्रो स्थानमा रहँदै लिग टुङ्गाएको छ । आजको पहिलो खेलमा नारायणी फुटबल क्लबलाई २–१ ले पराजित गरेपछि हर्दी तालिकाको तेस्रो स्थानमा उक्लिको हो ।

हर्दीको जितमा सुनिल लामा र सन्तोष तामाङले गोल गरे । नारायणीका अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको ३६ औं मिनेटमा सुनिलको गोलमा हर्दीले अग्रता लिएको थियो । पहिलो हाफमा हर्दी १–० ले अघि रह्यो ।

दोस्रो हाफमा नारायणी बराबरी गोल फर्कायो । ४३ औं मिनेटमा अमृतले गोल गर्दै खेलमा १–१ को बराबरी गरे । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोषले निर्णायक गोल गर्दै हर्दीलाई २–१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच हर्दीका सुनिल लामा चुनिए ।

समूह ‘बी’ मा रहेको हर्दीको पाँच खेलबाट ७ अंक भएको छ । समान खेलबाट ६ अंक बनाएको नारायणीले तालिकाको पाँचौ स्थानमा रहँदै लिग टुङ्गाएको छ ।

लिगमा बुधवार पनि दुई खेल हुनेछ । बुधवारको पहिलो खेलमा एभरेष्ट क्लब बसेनी र रामपुर फुटबल क्लब रड्स भिड्नेछन् । एक खेल अगावै सेमिफाइनल पुगेका यि दुई टोलीबीचको खेल समूह बिजेताका लागि हुनेछ ।

चार खेल खेलेको एभरेष्ट तीन जित र एक हारबाट ९ अंक बनाउदै समूह ुबीु को शिर्ष स्थानमा छ । समान खेलबाट समान अंक बनाएको रामपुर हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ । बुधवारको दोस्रो खेल समूह ‘ए’ मा रहेका वातासिनो जि ब्वाइज र नारायणी फुटबल क्लबबीच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>