Breaking News

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

Banner

काठमाडौँ, माघ ४–

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा तिमिल्सिनाको रिपोर्ट पोजिटिभ आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

तिमिल्सिनालाई कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले यसबीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य सतर्कता अपनाउन र लक्षण देखिए कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>