Breaking News

चितवन प्रशासनको निर्देशनः टोलटोलमा जनस्वास्थ्यको मापदण्ड पालन भए नभएको निगरानी राख्नु

Banner

चितवन, माघ ४-

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको छ ।

दैनिक १०० भन्दा बढीमा संक्रमण देखा परेर संक्रमण फैलन थालेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले स्थानीय तहलाई कोभिड विरुद्धको अभियानमा सहयोग पु¥याउन निर्देशन दिएको छ ।

आज आदेश जारी गर्दै प्रशासनले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि टोल सुधार समिति, टोलस्तरमा गठन भएका कोभिड–१९ सहजीकरण समूह तथा उपभोक्ता समितिलाई सहयोग गर्न आग्रह गरेको हो ।

आदेश अनुसार स्थानीय तहले कोरोना भाइरस समबन्धमा व्याप्त भ्रम हटाउने, समुदायमा सही सूचना सम्प्रेषण गर्ने, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न प्रोत्साहन गर्ने जस्ता कार्य गर्नुपर्ने छ । परीक्षण, क्वारेन्टिन, आइसोलेसन तथा उपचारको लागि सम्पर्क गर्न सहयोग गर्ने, संक्रमित क्वारेन्टिन वा आइसोलेसनमा बसे नबसेको, टोल तथा गाउँमा जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको सूचना स्थानीय तहले राख्नुपर्ने छ ।
साठी वर्ष माथिका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । जानु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी गन्तव्यसम्म जाने र फर्कने व्यवस्था स्थानीय तहले गर्नुपर्ने छ । कोरोना विरुद्धको खोप अभियानमा सहयोग गर्न भनिएको छ ।

साथै नागरिकहरुले जनस्वास्थ्यको मापदण्डको पूर्णरुपमा पालना गर्न चितवन प्रशासनले आग्रह गरेको छ । प्रयोग गरेको मास्क बन्द डस्टबिन वा प्लास्टिकको झोलामा पाँच दिन राखेपछि मात्र बिसर्जन गर्न अनुरोध गरिएको छ । बिदेशबाट नेपालमा आएका व्यक्तिको परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा बस्न भनिएको छ ।

त्यसैगरी पीसीआर परीक्षणका लागि प्रयोगशालमा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिड्डुल, भेटघाट दर बैठक नगर्न, होम आइसोलेसनमा बसेका व्यक्ति नियमित स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>