Breaking News

चितवनका सार्वजनिक यातायातमा मास्क र जहाजमा फेससिल्ड अनिवार्य

Banner

चितवन, माघ ४-

चितवनमा बढ्दो कोरोना संक्रमण नियन्त्रणको लागि सार्वजनिक यातायातमा मास्क र जहाजमा फेस सिल्ड अनिवार्य गरिएको छ ।

चितवन प्रशासनले २४ बुँदे आदेश जारी गर्दै कोरोना नियन्त्रणको लागि सो निर्देशन दिएको हो ।

प्रशासनको आदेशको १३ नम्बर बुँदामा सार्वजनिक यातायातासम्बन्धी निर्देशन दिँदै सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने जनाइएको छ । त्यसैगरी प्रशासनले सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र मास्क नलगाई आएमा यात्रुलाई यातायात कर्मचारीले पाँच रुपैयाँ थप लिई मास्कको व्यवस्था गर्नुपर्ने जनाइएको छ । चालक र सहचालकले पनि मास्क लगाई मास्क नलगाउने यात्रुलाई सवारीसाधन प्रयोग गर्न नदिन प्रशासनको निर्देशन छ । सार्वजनिक यातायातको ढोकामा स्यानिटाइजर राख्न र दैनिक निसंक्रमण गर्न पनि यातायात व्यवसायीहरुलाई प्रशासनले निर्देशन दिएको छ ।

त्यसैगरी चितवन प्रशासनले दिएको आदेशको १४ नम्बर बुँदामा हवाइ उडानसम्बन्धी केही निर्देशनहरु दिएको छ । चितवनबाट हुने हवाइ उडानमा चालक दल र यात्रु सबैले मास्क र फेससिल्ड अनिवार्य लगाउन प्रशासनले निर्देशन दिएको छ । हवाइ जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्दे जहाज र यात्रुले प्रयोग गर्ने सामानहरुलाई निसंक्रमण गर्न पनि प्रशासनको आदेश छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले दिएको आदेशको १६ नम्बर बुँदामा होटल तथा रेष्टुरेन्टलाई निर्देशनहरु दिएको छ । जसअनुसार चितवनमा रेष्टुरेन्टका कामदारहरुले अनिवार्यरुपमा फेससिल्ड, पञ्जा र मास्क लगाउनुपर्छ भनिएको छ । कुल क्षमताभन्दा आधामात्र ग्राहकहरु राख्नुपर्ने र दुई ग्राहकको बीचमा दुई मिटरको भौतिक दूरी कायम राख्न प्रशासनको निर्देशन छ । प्रशासनले होटल तथा रेष्टुरेन्टलाई नियमित निसंक्रमण गर्न पनि आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>