Breaking News

चितवनमा रेष्टुरेन्ट जाँदा खोप कार्ड अनिवार्य, विवाह गर्न पनि स्वीकृती लिन प्रशासनको निर्देशन

Banner

चितवन, माघ ४-

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै कारोना संक्रमण नियन्त्रणको लागि कडा निर्देशनहरु जारी गरेको छ ।

प्रशासनले सोमबार जारी गरेको सूचनामा आज बिहान ६ बजेबाट लागू हुने गरी २४ बुँदे आदेश जारी गरेको हो ।

प्रशासनले जारी गरेको आदेशमा होटल, रेष्टुरेन्ट, रंगशाला, सिनेमा हल र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । प्रशासनले मोबाइलमा खोप कार्डको फोटो भने पनि बोकेको हुनुपर्ने आदेशमा उल्लेख छ । त्यसैगरी प्रशासनले चितवनका पार्टी प्यालेसमा जनस्वास्थ्यको मापदण्ड पालना गर्दै बढीमा ५० जनामात्र उपस्थित हुन पाउने जनाएको छ । यदि विवाह, पास्नी, न्वारन, व्रतबन्ध जस्ता कार्यक्रम प्रशासनसँग पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी कोरोना नियन्त्रणको लागि प्रशासनले जारी गरेको आदेशमा चितवनका सपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्दै बढीमा २५ जना भन्दा बढी प्रवेश गर्न नपाइने जनाएको छ । प्रशासनले आदेशमा मनोरञ्जनका लागि र शैक्षिक उद्देश्यले मानिसको भीडभाड हुने कुनै पनि कार्यक्रम माघ १५ सम्म भौतिकरुपमा सञ्चालन नगर्न पनि निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>