Breaking News
चितवनमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, आज एकैदिन २४६ जनामा संक्रमण पुष्टि
चितवन, माघ ४–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ ।
आज (मंगलबार) एकै दिन २४६ जना कोरोना संक्रमित थपिएसंगै चितवनमा संक्रमितको संख्या एक हजार नाघेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज दिउँसोसम्ममा कुल सक्रिय संक्रमितको संख्या एक हजार १२७ पुगेको छ । संक्रमित मध्ये एक हजार ८७ जना होम आइसोलेसनमा छन् भने ४० जना अस्पतालमा उपचाररत छन् ।
सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा छन् । महानगर भित्र मात्रै संक्रमितको संख्या ९२८ पुगेको छ । यस्तै रत्ननगर नगरपालिकामा ८२, खैरहनी नगरपालिकामा ३६, राप्ती नगरपालिकामा ३१, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा १५ र इच्छाकामना गाउँपालिकामा १३ जना संक्रिय संक्रमित छन् ।
यस्तै आज (मंगलबार) २४६ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१८ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका १०, खैरहनीका ५, कालिकाका ५, राप्तीका ४ र माडीका १ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै कोरोनाको कारण भने आज कसैको पनि मृत्यु भएको छैन ।