Breaking News

प्रधानमन्त्री कप टि–२०ः बागमतीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

Banner

काठमाडौँ, माघ ४–

काठमाडौँमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) विहान टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमीफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।

पुलिसले दिएको १५६ रनको मध्यम लक्ष्य पछ्याएको बागमती ८ विकेटको क्षतिमा १०५ रन मात्रै बनाउन सक्यो । उसका लागि रामनरेश गिरी २२ र रिजन ढकाल १५ रनमा अविजित रहे । आदिल खान २७ र कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । अन्य व्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । बागमतीको व्याटिङ लाईनअपलाई पुलिसका लागि दीपेन्द्र सिंह ऐरी ध्वस्त पारे । ४ ओभरमा मात्र १० रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए । उनले बागमतीको इनिङलाई उकासेका कप्तान मल्ल, आदिल खानसंगै विपिन आचार्य, नन्दन यादव र प्रतिश जिसीलाई आउट पारे । यस्तै सागर ढकालले २ र आरिफ शेखले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतिमा १५५ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि ओपनर पवन सराफले ५९, दिलिपनाथले अविजित ३१, अनिल शाहले २५ रनको योगदान दिए । आरिफ शेखले १२, शंकर रानाले ८ र राशिद खानले ५ रनको योगदान दिए ।

बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान २/२ विकेट लिए भने प्रतिश जिसीले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>