चितवन विशेष
नेपाल पत्रकार महासंघ चितवनले गरेको निबन्ध लेखन प्रतियोगितामा अधिकारी पहिलो

चितवन, माघ ३-
नेपाल पत्रकार महासंघ चितवनले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरेको ‘नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था’ बारे खुला लेख लेखन प्रतियोगितामा सूर्यप्रसाद अधिकारी पहिलो भएका छन् ।
पत्रकार महासंघ चितवनले आज प्रकाशन गरेको नतिजाअनुसार गत वैशाखमा गरिएको प्रतियोगितामा रामशरण गैरे दोस्रो र सुनिल पराजुली तेस्रो भएको छन् । त्यस्तै महासंघको तर्फबाट प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल गरेका पहिलो पुरस्कार विजेता अधिकारी रेडियो नेपालका चितवन संवाददाता हुन् । उनी आर्थिक पत्रकारितामा आधारित रहेर विभिन्न अनलाइनहरुमा आवद्ध रहँदै आएका छन् ।
त्यस्तै उक्त प्रतियोगितामा विभिन्न क्षेत्रमा काम गरेका र महासंघमा सदस्य रहेका ११ जना पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीका अनुसार सो लेख प्रतियोगिताका लागि चितवनका पत्रकारलाई वैशाख र जेठमा गरेर एक महिनाको समय दिइएको थियो । पे्रस स्वतन्त्रताको अवसरमा देशमा प्रेस स्वतन्त्रताको उल्लंघन घटनामा वृद्धि आएको कारण तथा यसको समाधानको उपाए खोज्न उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
























