देश/प्रदेश

पत्रकार महासंघ केन्द्रलाई प्रदेश अध्यक्षहरुको चुनौती

Banner

काठमाडौं, माघ ३-

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिलाई महासंघकै आठजना प्रदेश अध्यक्षहरुले चुनौती दिएका छन् ।

महासंघको तिलौराकोट बैठकको निर्णयप्रति आपत्ति जनाउँदै उनीहरुले केन्द्रलाई चुनौती दिएका हुन् । चुनौती दिनेमा लुम्बिनी प्रदेशका अध्यक्ष भने संलग्न छैनन् ।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तिलौराकोटमा सम्पन्न बैठकप्रति नेपाल पत्रकार महासंघका हामी प्रदेश अध्यक्षहरूको गम्भीर ध्यानाकर्षण भएको छ’, सोमबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘राज्यसहितका विभिन्न निकायले संघीयता कार्यान्वयन गरेनन् भन्दै बारम्बार प्रश्न उठाउने हामी पत्रकारकै साझा संगठन नेपाल पत्रकार महासंघको बैठकले संघीयताको मर्म र भावनाविपरीत प्रदेश समितिहरुलाई कमजोर बनाउने गरी विधानविपरित समिति गठन गरिएको र गर्ने तयारी गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनीहरुले प्रदेश समितिलाई अंकुश लगाउने गरी समितिहरु गठन भए ती समिति आफूहरुलाई मान्य नहुने स्पष्ट पारेका छन् । ‘विधानबाहिर गरिने कुनै पनि कार्यमा हाम्रो साथ, समर्थन र सहयोग नरहने कुरामा नेतृत्वको ध्यानाकर्षण गराउँन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ, ‘महासंघको हकहितमा भने हाम्रो सधैँ साथ र सहयोग रहने कुरामा हामी सचेत, सजग र सहयोगी छौं’ रहनेछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>