Breaking News

चितवन कोरोना संक्रमणको उच्च जोखिममा, आज पुन: थपिए १९० कोरोना संक्रमित

Banner

चितवन, माघ ३-

चितवनमा पछिल्लो २४ घण्टामा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ४११ जनाको पिसियार र ९० जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाका १३८ जना, खौरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका तीन जना, रत्ननगर नगरपलिकाका ३२ जना, राप्ती नगरपालिकाका छ जना, कालिका नगरपालिकाका तीन जना र इच्छाकामना गाँउपालिकाका चार जना कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्वास्थ्य कार्यलय चितवनकी जनस्वास्थय अधिकृत गीताञ्जली ढकालका अनुसार चितवनमा पिसियार परीक्षणबाट १५० र एन्टिजेन परीक्षणबाट ४० जन गरी १९० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै हाल चितवनमा विभिन्न अस्पताको आइसोलेसनमा २६ जना र घरको आइसोलेसनमा ८०२ गरी ८२८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय चितवनमा कुनै संक्रमितको मृत्यु भएको छनै भने ६ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>