Breaking News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक्ष्यभन्दा १५.७ प्रतिशत बढी राजश्व संकलन

Banner

काठमाडौँ, माघ ३-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ ।

विमानस्थलको भन्सार कार्यालयले ६ महिनामा लक्ष्यभन्दा बढी १५.७ प्रतिशत अर्थात साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको हो ।

विमानस्थल भन्सार कार्यालयले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा गत आर्थिक वर्षको तुलनामा यस वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको त्रिभुवन भन्सार कार्यालयले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>