अन्तर्राष्ट्रिय

लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसियूमा उपचार जारी

Banner

दिल्ली, माघ २–

कोभिड१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।

अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए ।

‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन् । –एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>