चितवन विशेष

चिनियाँ पत्रकारको नेपाल बारेको पुस्तक‘मेन्ड अर इन्ड’ को नेपाली संस्करण सार्वजनिक

Banner

चितवन, माघ २-

सिन्ह्वा समाचार संस्थाका बरिष्ठ पत्रकारद्वारा लिखित यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड ः चिनियाँ पत्रकारको नजरमा नेपाल’ को नेपाली संस्करण सार्वजनिक भएको छ ।

ग्रेगोरियन सम्वत् २०२२ को नयाँ वर्षको तेस्रो हप्ताको सुरुवातमा देशभरका पुस्तक पसलहरुमा आउँदै छ । यो पछिल्लो पुस्तकको शीर्षक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ रहेको छ भने अन्य उपशीर्षक राखिएको छैन।

लेखक चाउ शेङ्गपिङ्ग एक दशकदेखि नेपालमा बसेर पत्रकारिताको काम गर्दै आएका छन् । नेपाल र चीनको राष्ट्रिय सञ्चार माध्यममा आएका एक दर्जन भन्दा धेरै समालोचना सहित सन् २०२१ अप्रिलमा यो पुस्तक प्रकाशन भएदेखि यता उनको यो पहिलो अंग्रेजी पुस्तकले असीमित माया र सकारात्मक पृष्ठपोषण प्राप्त गरेको जनाइएको छ ।

काठमाडांैमा कार्यरत यी पत्रकारले चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि आफ्नै राष्ट्रिय भाषामा यो नेपाली संस्करण लिएर आएका हुन् । उनको यो नयाँ पहलकदमीले थुप्रै नेपाली मित्रहरूको समर्थन हासिल गरेको छ । यो रोचक पुस्तकको लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल एकेडेमीका चान्सलर गंगाप्रसाद उप्रेती, काठमाडांै स्कुल अफ ल का प्राध्यापक युवराज संग्रौलाले प्रस्तावना लेखेका छन् । पुस्तकलाई सन् २०२१ डिसेम्बरमा जनता प्रकाशनले प्रकाशित गरेको छ भने यसको बिक्री मूल्य ३५० रुपैयाँ रहेको छ ।

नेपाली संस्करणको यो पुस्तकलाई राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरी पाँच अध्यायमा बाँडिएको छ । २४० पृष्ठ लामो यो पुस्तकमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो निजी अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन् । यो पुस्तक तिनै लेख, विश्लेषण, अन्तर्वार्ता, समाचार र विचारहरुको संग्रह भएको आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

लेखकले पुस्तकलाई अझै आकर्षक र अद्यावधिक गर्ने उद्देश्यले ८ पुराना लेखहरुलाई पछिल्ला नयाँ एवम् ताजा लेखहरुद्वारा प्रतिस्थापन गरेका छन् । यी नयाँ लेखहरुले चीनको बीआरआई र अमेरिकाको एमसीसी सम्झौता जस्ता जल्दाबल्दा र जरुरी मुद्दाहरूलाई सम्बोधन गरेका छन् । उनले नेपालको भूराजनीतिक सम्बन्धलाई आफ्नो देश चीन, दक्षिणी छिमेकी इन्डिया र अमेरिका बीच राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।

यो पुस्तकले सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सिजिनपिङ्गको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षहरुलाई पनि समेटेको छ । लेखकले यो भ्रमणबाट दुई देश बीच रहेको दौत्य तथा हार्दिक सम्बन्धमा नयाँ अध्याय थपेको विषयलाई निरीक्षण गरेका छन् । लेखकको दृष्टिकोणमा नेपालले चीन र इन्डियाको उदयबाट लाभ प्राप्त गर्ने उच्च सम्भावना राख्दछ भने आफूलाई एक जीवन्त पुलको रूपमा रुपान्तरण गर्न सक्छ।

यसै कारण, चीन अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष सुन्दर भट्टराईले चाउ शेङ्गपिङ्गको यो पुस्तक ‘दुर्लभ’ भएको विचारव्यक्तगर्दै आफ्नो स्तम्भमा ‘यथार्थ धरातल र पूर्वाग्रह रहित अनुभवमा आधारित अमूल्य सुझावहरुले भरिएको’ उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>