Breaking News

कोरोनाको ‘रेड जोन’मा चितवन, सिडिओ भन्छन्ः तत्काल लकडाउन हुँदैन

Banner

चितवन, माघ २–

पछिल्ला दिनहरुमा तीव्र गतिमा बढेको संक्रमणदरले चितवनलाई ‘रेड जोन’मा पु¥याएको छ । आइतबार दिउँसोसम्ममा चितवनमा संक्रिय संक्रमितको संख्या ६४४ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार ती मध्ये ६२६ जना होम आइसोलेसनमा छन् । १८ जना अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

पुस २५ गतेसम्ममा सक्रिय संक्रमितको संख्या जम्मा ८२ थियो । अहिले ८ दिनमै संक्रमणदर बढेर ६ सय नाघेको छ । चितवन रेड जोनमा परेपछि धेरैलाई लकडाउन हुने आशंका बढेको छ । तर चितवन प्रशासनले भने तत्काल लकडाउन नहुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तत्काल चितवनमा ‘लकडाउन’ नहुने बताए । ‘हामी तत्काल लकडाउन गर्ने पक्षमा छैनौं, अवस्था हेरेर अघि बढ्छौं ।’

प्रशासनले चितवनमा २५ जना भन्दा बढी भेला हुने कार्यक्रमहरु गर्नमा रोक लगाएको छ भने स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>