देश/प्रदेश

रविन्द्र मिश्रलाई पनि कोरोना संक्रमण

Banner

काठमाडौँ, माघ २–

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष मिश्रले फेसबुक स्टाटस लेख्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । पछिल्लो समय नेपालका धेरैजसो नेताहरुलाई कोरोना संक्रमण भएको छ । हाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु आइसोलेसनमा छन् ।

उनले लेखेका छन्ः

बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरसको विगविगी !

म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी÷शुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु।
अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>