Breaking News

सहायता सामग्री लिएर अफगानिस्तान उड्यो नेपाली टोली

Banner

काठमाडौं,माघ २-

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायत सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो।

नेपालले आइतबार लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको मन्त्रालयले जनाएको छ। टोली आइतबार बिहान साढे ९ बजे सहयोग सामग्री लिएर अफगानिस्तानको राजधानी काबुल गएको हो।

विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने मन्त्रालयकी प्रवक्ता लम्सालले जानकारी दिइन्। सहायता सामग्री संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किनेछ।

राष्ट्रसंघको समन्वयमा उक्त सहयोग सामग्री पठाइएको हो। अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको भन्दै संयुक्त राष्ट्र संघले सहयोग गर्न विश्व समुदायमा आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>