खेलकुद

सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलमा यात्रा र हर्दी बराबरीमा रोकिए

Banner

चितवन, माघ १-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका छन् ।

आज भएको पहिलो खेलमा यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले ।

खेलको ‘म्यान अफ दि म्याच’ यात्राका रोजल दाहाल घोषित भए । उनलाई बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ट्रफी प्रदान गरे । बराबरीपछि समूह ’बी’ मा ४ खेलबाट ७ अंक बटुल्दै यात्रा दोस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट चार अंक बनाएको हर्दी तालिकाको पाचौं स्थानमा यथावत छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>