Breaking News

मुग्लिनतर्फ जाँदै गरेको स्कार्पियो गाडी त्रिशुली नदीमा खस्यो, ७ जना घाइते

Banner

चितवन, पुस ३०–

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलबाट स्कार्पियो गाडी त्रिशुली नदीमा खसेको छ ।

आज साँझ ६ बजेको समयमा भएको दुर्घटनामा परी ७ जना घाइते भएका छन् । उनीहरुको घटनास्थलबाट उद्धार गरि अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट ४० मिटर तल नदीमा खसेको थियो ।

स्कार्पियोमा चालकसहित ७ जना सवार थिए । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>