अन्तर्राष्ट्रिय

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित थपिए

Banner

नयाँ दिल्ली,  पुस ३०-

भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>