Breaking News

स्थानीय तहको निर्वाचन बारे आज सर्वदलीय बैठक बस्दै

Banner

काठमाडौँ, पुस ३०–

स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ ।

बिहान ११ बजे आयोगको कार्यालय सर्वदलीय बैठक कान्तिपथमा बोलाइएको हो । सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>