Breaking News

चितवन हुने फोनिज महाधिवेशन एक महिना पछि सर्‍यो

Banner

चितवन, पुस २९–

चितवनको सौराहामा हुने भनिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं महाधिवेशन एक महिना पछि सारिएको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले विषमपरिस्थितिका कारण महाधिवेशन एक महिना पछाडी सार्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष डण्ड गुरुङले पछिल्लो समय देशभर कोभिड संक्रमणदर बढ्दो क्रममा रहेको र प्रशासनले ठूला सभा सम्मेलनहरु गर्नमा रोक लगाएका कारण महाधिवेशन एक महिना पछाडि सारिएको जानकारी दिए । ‘अहिले सबै ठाउँमा सरकारले कडाई गर्न थालेको छ, संक्रमणको जोखिम उच्च भएकाले सचिवालयले महाधिवेशन एक महिना पछाडि सार्ने निर्णय गरेको हो’–अध्यक्ष गुरुङले भने ।

सचिवालय बैठक पश्चात आजै संघीय समितिको भर्चुअल माध्यमबाट बैठक बसेको थियो । बैठकको निर्णय सुनाउँदै महासचिव मनोज घर्ती मगरले प्रतिकुल समयका कारण महाधिवेशन एक महिना पछाडि सार्न बाध्य भएको बताए ।

यससंगै महाधिवेशन आगामि फागुन ७–८ गते चितवनमै हुनेछ । यसअघि माघ ७–८ गतेका लागि महाधिवेशन चितवनमा गर्ने तय भएको थियो । सोही अनुसार महाधिवेशन सफल पार्न संघीय समिति र फोनिज चितवन शाखाले काम अगाडि बढाएको थियो । फोनिज चितवनले महाधिवेशनलाई व्यवस्थित र भव्य बनाउन ९ वटा उपसमितिहरु समेत गठन गरि सकेको छ ।

फोनिज संघीय सदस्य राजु चौधरीले महाधिवेशन एक महिना पछाडि सरेपनि तयारीलाई भने निरन्तरता दिने बताए । ‘आन्तरिक तयारीलाई हामी कायमै राख्ने छौं, चितवन महाधिवेशन भव्य बनाउन कुनै कसर बाँकी राख्ने छैनौं’–चौधरीले भने ।

फोनिज चितवनका अध्यक्ष रमेश राना मगरले एक महिनापछि महाधिवेशन सरेकाले तयारीमा प्रयाप्त समय मिलेको बताए । उनले महाधिवेशन सफल पार्न गठन गरिएको उपसमितिलाई आन्तरिक रुपमा क्रियाशिल रहन लाग्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>