खेलकुद

सेन्ट्रल कलेज चितवन फुटबल लिगमा युनिकविरुद्ध बीएफसीको फराकिलो जित

Banner

चितवन, पुस २९-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बीएफसी) ले फराकिलो जित हात पारेको छ ।

लिगअन्तर्गत आज भएको चौथो चरणको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक क्लब बसेनीलाई ६–० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो चौथो जित हो ।

बिएफसीलाई फराकिलो जित दिलाउन नुरल राना मगर र राज भुसालले समान २–२ गोल गरे । सन्दीप सेन्चुरी र सुमन आले मगरले एक–एक गोल थपे ।

पहिलो हाफमा एक गोल गरेको बिएफसीले दोस्रो हाफमा ५ गोल थप्यो । खेलको १६ औं मिनेटमा सन्दीप सेन्चुरीले गोल गर्दै बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा नुरल रानाले गोल गर्दै बिएफसीको अग्रता दोब्बर बनाए ।

५४ औं मिनेटमा सुमन आलेले गोल गर्दै बिएफसीलाई ३–० को अग्रता दिलाए । ६० औं मिनेटमा नुरलले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । राज भुसालले ६९ र ७१ औं मिनेटमा दुई गोल गरेपछि बिएफसी ६–० ले बिजयी भयो ।

खेलको ‘म्यान अफ दि म्याच’ बिएफसीका नुरल चुनिए । जितसँगै बिएफसीले चार खेलबाट १२ अंक बनाएको छ । लिगमा ४ खेल खेलेको बिएफसीले चारै खेलमा जित हात पारेको छ । यससँगै बीएफसीको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ।

आजको दोस्रो खेलमा माडी ११ र पानस युवा क्लब भिडिरहेका छन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>