क्रिकेट

पारसको क्रिकेट एक्सेलेन्स सेन्टरलाई पल्सरको साथ

Banner

काठमाडौँ, पुस २८–

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले क्रिकेट एक्सिलेन्स सेन्टर (ऋभ्ऋ) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । सम्झौतासंगै पूर्व राष्ट्रिय कप्तान पारस खड्काको क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर रहने छ ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी छौं । बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ ।”

बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवद्र्धन गर्दै आइरहेको भन्दै यो सहकार्यले देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत पुग्नेमा गोल्छाको विश्वास छ ।

त्यस्तै, पूर्व कप्तान पारस खड्का पल्सरको साथले क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले भने–“बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी छौँ र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी छौँ। यो सहकार्य सदैव रहिरहनेछ भन्ने अपेक्षा गर्दछौँ।”

क्रिकेट एक्सेलेन्स सेन्टर (CEC) क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>