चितवन विशेष
इनर ह्वीलले गर्यो कस्तुरीलाई सम्मान
०

चितवन, पुस २८–
९८ औं अन्तराष्ट्रिय इनर ह्वील दिवसको अवसरमा चितवनकी समाजसेवी कस्तुरी श्रेष्ठ सम्मानित हुनु भएको छ ।
विभिन्न इनर ह्वील क्लबहरु इनर ह्वील क्लब डिष्ट्रिक ३५०, इनर ह्वील क्लब भरतपुर, इनर ह्वील क्लब नारायणी, इनर ह्वील क्लब भरतपुर सिटी र इनर ह्वील क्ल्ब भरतपुर डिभाइनले संयुक्त कार्यक्रम गरेर समाजसेवी श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठ २०४८ सालमा स्थापना भएको नारी अभ्युदय केन्द्रको संस्थापक अध्यक्ष हुनुहुन्छ । क्लब दर्ता भएपछि महिला, बालबालिका, अल्पसंख्यक र पछाडी पारिएका वर्ग, समुदाय र क्षेत्रको उत्थानमा उहाँ क्रियाशिल रहनु भयो । अहिले पनि उहाँ समाजसेवामा निरञ्तर लागेका कारण श्रेष्ठलाई सम्मान गरेको इनर ह्वील क्लब भरतपुरकी अध्यक्ष विमला अर्याल अधिकारीले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























