Breaking News
पर्यटन मन्त्री आले चढेको गाडी धनगढीमा दुर्घटना
०

धनगढी, पुस २७–
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।
मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी दुर्घटनामा परेको हो। मन्त्री चढेको गाडीलाई
बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलाली प्रहरीले जनाएको छ ।
धनगढी विमानस्थलबाट बाहिरिने क्रममा कारले ठक्कर दिएको थियो । कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























