चितवन विशेष

चितवनको पहाडी क्षेत्र स्यामराङका १३० जना विद्यार्थीले पाए न्यानो लुगा

Banner

चितवन, पुस २७–

सामाजिक संस्था ‘हामीले नगरे कसले गर्नेुले चितवनको विकट पहाडी गाउँ स्यामराङका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेको छ।

स्यामराङमा रहेको दुङबाङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको संस्थाका उपाध्यक्ष अनिल ढकालले जानकारी दिए। उक्त विद्यालयका विद्यार्थीहरु अत्याधिक जाडोका कारण कठ्यांग्रिएर पढ्न नसकेको जानकारी पाएपछि संस्थाले सहयोग गरेको ढकालले बताए।

चेपाङ समुदायको मात्र बसोबास रहेको स्यामराङमा २०७२ सालमा महाभूकम्पले विद्यालय भवन भत्काएपछि हामीले नगरे कसले गर्ने संस्थाले सहयोग संकलन गरेर दुई कोठे पक्की भवन बनाएको थियो। ‘हाम्रो संस्थाले भवन बनाएको विद्यालयमा जाडोका कारण विद्यार्थीले पढ्न पाएनन् भन्ने खबर सुनेपछि न्यानो कपडा लिएर पुगेका थियौं,’ संस्थापक अध्यक्ष राजेश घिमिरेले भने, ‘पहाडी क्षेत्रका अन्य विद्यालयमा पढ्ने बालबालिकाको अवस्था पनि उस्तै देखेपछि थप सहयोग संकलन गरेर सहयोगको प्रयास गरिरहेका छौं।’

लामो समयदेखि चेपाङ समुदायको हितमा काम गर्दै आएका संस्थाका सल्लाहकार केपी किरण शर्माले राप्ती, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायको जनजीवन जाडोले प्रभावित भएको बताए। उनीहरुले जाडोका कारण आगोको साहरामा रात कटाउने गरेको शर्माले बताए।

विद्यालयका प्रधानाध्यापक अतिवल प्रजाले जाडोका कारण विद्यालयमा बोलाएर पढाउनै समस्या भइरहँदा प्राप्त भएको न्यानो कपडाले पढाईमा धेरै सहयोग मिल्ने बताए। ‘उनीहरु काँपेको देख्दा कसरी पढ्न बोलाउने जस्तो लाग्थ्यो, धेरै विद्यार्थी विद्यालय आउँदैनथिए। कपडा पाएपछि उनीहरु खुसी छन् उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>